गएको वर्ष मृगौला प्रत्यारोपण गरिएकी सेलेना गोमेज अहिले लुपस राेगबाट ग्रसित

 असोज २६, २०७५ शुक्रबार १९:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित अमेरिकी गायिका सेलेना गोमेजका फ्यानहरुका लागि दुखद खबर सार्वजनिक भएको छ ।

सेलेनालाई एकपटक फेरि अस्पतालमा भर्ना गरिएको छ । गएको वर्ष सेलेनाको मृगौला प्रत्यारोपण गरिएको थियो । त्यस बेला पनि उनी केही दिनसम्म अस्पतालमा भर्ना भएकी थिइन् । यसैकारण उनको स्वास्थ्य बेलाबेलामा समस्या आइरहेको छ ।

यस पटक फेरि स्वास्थ्य खराब भएपछि सेलेनालाई अस्पताल भर्ना गरिएको हो । 

यतिबेला सेलेनाका परिवार तथा साथीभाइले उनको हेरविचार गरिरहेका छन् । खबरहरुका अनुसार सेलेना गोमेज लुपस नामको रोगबाट पीडित छिन् । 

लुपस नामको रोगले जसले शरीरका कैयौं भागलाइ प्रभावित गर्ने गर्छ । अहिले सेलेना यही रोगसँग लडिरहेकी छिन् । साथै यही कारण उनले कामबाट समेत छुट्टि लिएकी छिन् ।

सेलेनाले केही समयअघि अबको केही समय सम्मका लागि सामाजिक सञ्जालबाट टाढा रहने कुराको बारेमा समेत जानकारी गराएकी थिइन् । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया