हवाई कारवाहीमा चार तालेबान कमाण्डरसहित तीस अातंककारी मारिए

 असोज २६, २०७५ शुक्रबार २०:३५:५५ | रासस
unn.prixa.net

गएकाे हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परि चार तालेबान कमाण्डर मारिएका छन् । 

फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परि तालेबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गर्नुभएको छ । 

मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डरहरु मारिएका सलाङ्गीले बताउनु भएको छ । 

गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारवाहीमा परि कम्तीमा ३० आतङ्ककारी मारिएका पनि उहाँले थप जानकारी दिनुभएको छ । तर तालेबान आतङ्ककारी समूहले भने आफ्ना सदस्य मारिएको समाचारको खण्डन गरेका छन् । 

साथै कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारवाहीका क्रममा चारजना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणका क्रममा अन्य आठ घाइते भएका पनि बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया