धादिङमा टिप्पर दुर्घटना : तीन जनाको ज्यान गयो, तीन घाइते

 असोज २७, २०७५ शनिबार ५:५३:४३ | सिताराम अधिकारी

धादिङ – पृथ्वी राजमार्गको भिमसेनस्थानबाट कच्चीसडकतर्फ चकमके जाँदै गरेको  बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ  । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । 
   

ज्यान जानेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने सावित्रीको उपचारका लागि काठमाडांैतर्फ लाँदै गर्दा मृत्यु भएको थियो । 

दुर्घटनामा परेको टिप्पर सडकबाट ६ सय मिटर तल पुगेको थियो । टिप्परमा रहेका अन्य तीन जनालाई उपचारका लागि काठमाडौंमा रहेका ट्रमा सेन्टर पठाइएको छ ।
 

अन्तिम अपडेट: चैत १९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया