फेडेरर सांघाई मास्टर्स टेनिसको सेमिफाइनलमा

 असोज २७, २०७५ शनिबार ७:८:८ | एजेन्सी
unn.prixa.net

साविक विजेता रोजर फेडरर चीनमा जारी सांघाई मास्टर्स टेनिसको सेमिफाइलनमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको क्वार्टरफाइनलमा जापानी खेलाडी की निसीकोरीलाई दुई सेटमा हराउँदै फेडररले अन्तिम चारमा स्थान बनाए ।

३७ वर्षीय फेडररले निसीकोरीलाई ६–४ र ७–६ को सेटमा पराजित गरे । विश्व वरीयतामा १२ औं स्थानमा रहेका निसीकोरीविरुद्ध फेडररले पहिलो सेट ६–४ ले जितेका थिए । दोस्रो सेट जित्न भने फेडररले टाइब्रेकसम्म जानुपर्यो ।जसमा उनले ७–६ को जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गरे । 

गएको वर्ष सांघाई मास्टर्सको उपाधि जितेपछि पहिलो प्रतियोगिता जित्ने लक्ष्यमा रहेका फेडररले सेमिफाइनलमा १९ औं वरीयताका क्रोयसियाका बोर्ना कोरीससँग खेल्नेछन । कोरीसले नोभाक जोकोभिचलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया