राजमार्गमा जामैजाम, यात्रु अलपत्र

 असोज २७, २०७५ शनिबार ७:३९:४५ | उज्यालो सहकर्मी

काठमाडौं – पूर्व–पश्चिम राजमार्गलगायतका काठमाडाैं भित्रिने विभिन्न ठाउँमा गाडी जाम हुँदा यात्रु अलपत्र परेका छन् । 

पश्चिम नेपालबाट आउने प्रायः सबै गाडी समयमा नै काठमाडौं आइपुगेका छैनन् । नवलपरासीका ३–४ ठाउँमा गाडी बिग्रँदा जाम भएकाले पश्चिम नेपालबाट काठमाडौं आउने यात्रु बस समयमा नै नआएकाले काठमाडौंबाट बाहिरिनेहरु समस्यामा परेका हुन् । हिजो बिहानै दाङ, नेपालगञ्ज, सुर्खेत, डडेल्धुरा, डोटी, बैतडीलगायतका जिल्लाबाट छुटेका गाडी अहिलेसम्म काठमाडौं आइपुगेका छैनन् । 

आज बिहानै काठमाडौंबाट छुट्नु पर्ने ती गाडी ठाउँ ठाउँको जामका कारण भर्खर धादिङ पुगेका छन् । बसपार्कमा यात्रु अलपत्र परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । 

दसैँका लागि यात्रुका चाप भएकाले गाडीलाई टाइट सेड्युलमा राखेको तर जामका कारण गाडी समयमा नआउँदा समस्या भएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया