भारतविरुद्ध पहिलो पारिमा वेस्टइन्डिज ३११ रनमा अलआउट

 असोज २७, २०७५ शनिबार ११:१५:३६ | एजेन्सी
unn.prixa.net

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पारिमा वेस्ट इन्डिज ३११ रनमा अल आउट भएको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज दोस्रो दिनको पहिलो सत्रमा अल आउट भएको हो । पहिलो दिन ७ विकेट गुमाएर २८६रन बनाएको वेस्ट इन्डिजले बाँकी रहेका ३ विकेट आज ११.१ ओभरमा गुमाएको थियो । एक समय दबाबमा आएको वेस्ट इन्डिजलाई ज्यासन होल्डर र रोस्टन चेजले १०४ रनको साझेदारी गरेपछि वेस्टइन्डिले मध्ययम स्कोर खडा गर्न सफल भएको हो । जसमा रोस्टनले १०६रन बनाए ।
 

भारतका उमेश यादवले ६ तथा कुलदीप यादवले ३ विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया