गूगल म्याप्समा श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि...

 असोज २७, २०७५ शनिबार १२:५९:३ | एजेन्सी
unn.prixa.net

पेरुको राजधानी लिमाका एक व्यक्तिले गूगल म्याप्स्मा श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि डिभोर्स गरेका छन् । 

ल्याटिन अमेरिकी मिडिया ला क्रोनिकाले जनाएअनुसार ती व्यक्तिले फेसबुकमार्फत श्रीमतीको अर्कै पुरुषसँग अफेयर भएको थाहा पाएका हुन् । गूगल म्यापले लिएको फोटो उनले फेसबुकमा भेटेका हुन् । 

उनले भेटेको फोटो सन् २०१३ को अक्टोबरमा पुएन्टे दे लोस सुस्पिरोसमा लिइएको हो । जसमा एक जना पुरुष एक जना महिलाका काखमा आराम गरिरहेको देखिन्छ ।

आफ्नी श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि ती व्यक्ति अचम्मित भएका हुन् । उनले कपडाका आधारमा फोटोमा देखिएकी महिला आफ्नै श्रीमती हुन् भनेर थाहा पाएका हुन् । 

फोटो देखिसकेपछि उनी श्रीमतीसँग विवाद गर्न थाले । श्रीमतीले अर्का पुरुषसँगको अफेयर पनि स्वीकारिन् । त्यही निहुँमा उनीहरुबीच डिभोर्स भयो । 

गूगल म्याप्स्मा आएको तस्बिरले चर्चा पाएको यो पहिलो पटक भने होइन । यसअघि पनि गूगल म्याप्सले केही जोडीका आपत्तिजनक अवस्थाका तस्बिर खिचेको थियो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया