सिक्टाको पूर्वी नहर निर्माणमा ढिलासुस्ती

 असोज २७, २०७५ शनिबार १७:१०:३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको पूर्वी नहर निर्माणमा ढिलाई भएको छ । 

५३.५ किलोमिटर पूर्वी नहरको निर्माण कार्य २८ महिनाभित्र सम्पन्न भइसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि एक वर्षको अवधिमा करिब १० प्रतिशतको हाराहारीमा मात्रै निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । 

कालिका कन्स्ट्रक्सन र कुमार जेभीले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का लिएर काम गरिरहेको सिक्टा सिँचाई आयोजनामा सिनियर डिभिजनल इञ्जिनियर प्रकाशबहादुर कार्कीले जानकारी दिनुभयो । 

पूर्वी नहर राजकुलो र फत्तेपुर सिँचाईमा जोडिने भएको छ । यसबाट राप्तीनदी पूर्वका राप्तीसोनारी गाउँपालिकाको ९ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने लक्ष्य राखिएको छ । 

सिक्टा सिँचाई आयोजनाले मूलनहर निर्माणस्थलमा वनजङ्गल भएको लगायतका कारणले सुरुवातमा ढिलाई भए पनि अब भने कामले तीव्रता पाउने आयोजनाको दावी छ । 

हाल अगैया नजिकै मूलनहर निर्माणको कार्य अघि बढाइएको छ । १४.७ क्युमेक क्षमताको पूर्वी मूलनहर अन्तर्गत ९ वटा शाखा नहर रहेकोमा हाल राजकुलो र फत्तेपुरको मात्रै निर्माण सुरु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया