‘कम्युनिष्टलाई भोट हालेका नागरिक पछुताउन थाले’

 असोज २७, २०७५ शनिबार १८:४९:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने नागरिक पछुताउन थालेको टिप्पणी गर्नुभएको छ ।

कांग्रेस व्यास नगरसमिति वडा नम्बर १० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनिकरणमा सरकार असफल भएसँगै नागरिक निराश हुन थालेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए, सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।’ नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • tiloklimbu

    Oct. 14, 2018, 5:37 a.m.

    नेपाली कग्रेसले तत्काल सरकारको परिणाम खोज्नुको कुनै अर्ध छैना।बिगत 70 बर्षको परिणाम स्मरण होस। अब यो सरकारको 5बर्स पछी अलोचना ठाऊ रहने छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया