नेदरल्याण्डसँग हार्‍याे जर्मनी

 असोज २८, २०७५ आइतबार ६:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डन्सले जर्मनीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । 

नेसल्स लिगको लिग ए अन्तर्गत समूह एकमा नेदरल्याण्डले पूर्व विश्वच्याम्पियन जर्मनीलाई हराउन सफल भयो । नेदरल्याण्ड्सका लागि ३०औं मिनेटमा लिभरपुलका स्ट्राइकर भिर्गिल भान जिकले गोल गरी अग्रता दिलाएका थिए । दोस्रो हाफमा घरेलु टोली नेदरल्याण्ड्सले दुई गोल थप्यो । 

८६औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दा खेलको इन्ज्यूरी समयमा जर्जियानो विज्नाल्डमले तीन शून्यको जित सुनिश्चित गरे । पहिलो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको जर्मनी यो समूहको अन्तिममा पुगेको छ । सन् २०१४ को विश्वकप विजेता जर्मनी अहिले खराब लयबाट गुज्रिरहेको छ । 

जोचिम लो को प्रशिक्षणमा रहेको जर्मनीले पछिल्लो १३ खेलमा तीन खेलमा मात्र जित हासिल गर्न सकेको छ । यस्तो नतिजा आइरहेको समयमा सन् २००४ यता जर्मन टोलीको बागडोर संहालिरहेका प्रशिक्षक लो को भविष्य पनि संकटमा परेको छ । जर्मनी रुस विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया