बोक्सी आरोपमा कुटपिट

 असोज २८, २०७५ आइतबार ८:५८:१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – तिलाठी कोइलाडी गाउँपालिका वडा न. ८ तोपाकी एक महिलामाथि स्थानीयहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् । 

स्थानीय नारायण खंगका ८ वर्षीय छोरा महेशकुमार खंगको केही महिनाअघि मृत्यु भएको र बोक्सीले खाएको भन्दै रिसका कारण तोपाकी ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका हुन् । 

नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताउनुभयो । उहाँको श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा हुनुहुन्छ । 

पीडित महिलाले यसअघि पनि उनीहरुले पटक–पटक आफूमाथि बोक्सीको आरोपमा कुटपिट गर्दै आएको बताउनुभयो । कुटपिटबाट घाइते खङ्गको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भैरहेको घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया