मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका तीन जना कार्यकर्ता पक्राउ

 असोज २८, २०७५ आइतबार १७:०:७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रवेशद्वारबाट संजय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई रिहाईको माग गर्दै तीनजना मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । 

प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको भनेर सोधेपछि उनीहरुले आफूहरु सीके राउतको स्वतन्त्र मधेश गठबन्धनको समर्थक रहेको बताएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाको बारेमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया