दसैँको दिन काठमाडौं उपत्यकामा सेनाको निःशुल्क बस सेवा(रुटसहित)

 असोज २८, २०७५ आइतबार १८:४:३१ | उज्यालो सहकर्मी

काठमाडौं – विजया दशमीको दिन नेपाली सेनाले निःशुल्क बस चलाउने भएको छ । 

आउँदो कात्तिक २ गते विजया दशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून रुपमा मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले नेपाली सेनाले निःशुल्क बस चलाउन थालेको हो । 

विजया दशमीको दिन निम्न लिखित ८ वटा रुटहरुमा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क सञ्चालन गर्ने सेनाले जनाएको छ । 

हेर्नुहोस् कुन–कुन रुटमा चल्छ सेनाको बस ?

(क) रुट नं.१— भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क । 
(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर । 
(ग) रुट नं.३— भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
(घ) रुट नं.४— भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । 
(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 
(छ) रुट नं.७— भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
(ज) रुट नं.८— भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 

त्यसैगरी, बडादशैं २०७५ को उपलक्ष्यमा घर बिदामा जाने नेपाली सेना र आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले मिति २०७५ असोज २५ गतेबाट ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ-त्रिशुली, चौतारा, हेटौँडा, नारायणगढ र सिरहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भइरहेको  सेनाले जनाएकाे छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया