१५ हजार घुससहित प्रहरी निरीक्षक र जवान पक्राउ

 असोज २८, २०७५ आइतबार १८:९:६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा सेवाग्राहीबाट घुस लिँदै गर्दा आइतबार एकजना प्रहरी निरीक्षक र प्रहरी जवान  पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने  सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिँदै गर्दा प्रहरी चौकी परिसरबाटै पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष सूचनाको आधारमा उनीहरुलाई पञ्चपुरी नगरपालिका २ सालकोटमा रहेको प्रहरी चौकीबाट पक्राउ गरेको निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिनुभयो ।

सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । ‘उनीहरु सेवाग्राहीसँग पैसा लिएर भाग्न खोजेका थिए’, उहाँले भन्नुभयो, ‘हामीहरुले  नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । ’ 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया