रुस विश्वकपका १० तथ्य

 जेठ २४, २०७५ बिहिबार २०:१०:५९ | उज्यालो सहकर्मी

विश्वकप सुरु हुन ७ दिन बाँकी छ । विश्वकको उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रदर्शन कस्तो रहला ?

यस्ता अनुमानहरु भन्दा पनि यहाँ विश्वकपको १० रोचक पक्ष अंकमा प्रस्तुत छ ।

एउटा ट्रफीका लागि ३२ राष्ट्रहरु प्रतिस्पर्धा गर्दैछन् ।

२ राष्ट्र रुस विश्वकपमा डेब्यू गर्दैछन् । पानामा र आइसल्याण्डले पहिलो पटक विश्व फुटबलको महासंग्राममा भाग लिँदैछन् ।

११ सहरमा विश्वकपमा खेलहरु संचालन हुनेछ ।

१२ रंगशालामा खेल हुनेछ ।

१७ जना म्यान्चेस्टर सिटीका खेलाडीले विश्वकप खेल्दैछन् । कुनै पनि क्लबबाट विश्वकपमा प्रतिनिधित्व गर्ने एउटै क्लबका सबैभन्दा बढी खेलाडी हुन् ।

रुस विश्वकपमा ३२ टिमको सहभागिता हुनेछ । विश्वकपमा अब भने ४८ राष्ट्रलाई सहभागी गराउने प्रस्तावमाथि फिफामा छलफल चलिरहेको छ ।

विश्वकपको ट्रफी ४९२७ ग्राम सुनले बनेको छ । 

विश्वकपको ट्रफीको जम्मा तौल ६१७५ ग्राम रहेको छ । 

विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ । 

अहिलेसम्म विश्वकपमा २३७९ गोल भएका छन् । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया