अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई विशेष सम्मान

 असोज २८, २०७५ सोमबार ५:४३:१३ | रासस

काठमाडौं - श्रीलङ्कामा भएको २३ औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाड प्रतियोगितामा नेपालले विशेष सम्मान प्राप्त गरेको छ । 

प्रतियोगितामा नेपालका तर्फबाट विशाल बरालले उत्कृष्ट नतिजा ल्याउँदै उक्त सम्मान पाउनुभएको हो । पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा बरालले छैटौँ स्थान हासिल गरेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । गत फागुन ५ गते पहिलो चरणअन्तर्गत मोरङ, चितवन, काठमाडौँ, कास्की, रुपन्देही र कैलालीमा सञ्चालित ‘पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड’ को २०७५ साउन १८ देखि २५ गतेसम्म भएको अन्तिम चरणमा १३ विद्यार्थीको योग्यताक्रम सार्वजनिक गरिएको थियोे । 

छनोटमा परेका विद्यार्थीले दोस्रो चरणअन्तर्गत खगोलीय साधन बनाउने, प्रतिवेदन लेख्ने, कार्यपत्र बनाउने, जनसम्पर्क कार्यक्रम गर्ने जस्ता काम गरेका थिए । छनोट भएका प्रतियोगी यही असोज २० देखि २८ सम्म आयोजित अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी भएका हुन् । 

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड 

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिन्छ । 
सन् २०१४ देखि शुरु भएको प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । कार्यक्रमले उत्कृष्ट ठह¥याएका विद्यार्थी देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया