पीपीएलका लागि मेडिकल पार्टनर बन्याे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

 असोज २९, २०७५ सोमबार ११:५१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कात्तिक ९ गतेदेखि पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग पीपीएलका लागि मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जोडिएको छ ।

पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामा र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेबीच साेमबार सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौता पश्चात् पीपीएलका दौरान खेलाडीले कुनै पनि चोट ब्यहोर्नु परेको खण्डमा अस्पतालले निःशुल्क उपचार गराउनेछ । स्पोर्टस मेडिसिनमा पनि विषेश सेवा प्रदान गर्दै आएको ग्राण्डीले पाँच वर्षसम्म खेलाडीको उपचारमा सहयोग गर्नेछ ।

पोखरामा आयोजना हुने पीपीएलको समयमा अस्पतालले डाक्टर, फिजियोसहितको टोली खेलस्थलमा उपलब्ध गराउनेछ । यो सम्झौता पाँच वर्षका लागि हो । प्रतियोगितामा ६ वटा फ्रेन्चाइजी टोलीहरुको सहभागिता छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया