आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
आज भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्मदिन हो । कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो ।
भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो ।
बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही मननीय भनाइहरु छन् । जसलाई आत्मसात गर्नसके जीवनमा सफलता मिल्न सक्छ ।
- सबै चराहरुले बर्षातमा छहारीको खोजी गर्छन् । तर गरुडले त्यसको पर्वाह गर्दैन । किनकी गरुड बादलभन्दा माथि उड्छ ।
- जीवनमा पहिलो सफलतापछि रोकिनु हुँदैन । किनकी यदि तपाई अर्को प्रयासमा असफल हुनुभयो भने दुनियाँले तपाईको पहिलो सफलताको कारण तपार्इंको भाग्यलाई ठान्नेछ, क्षमतालाई होइन ।
-असफलताले मलाई कहिल्यै पनि पछाडि पार्न सक्दैन, किनकी मेरो सफलताको परिभाषा एकदमै बलियो छ ।
- यदि तपाईं सूर्यझैं चम्किन चाहनुहुन्छ भने तपाईं पनि सूर्यजस्तै जल्नुपर्ने हुन्छ ।
- आकाशतिर हेर्नुुस्, हामी एक्लो छैनौं । पूरा ब्रह्माण्ड हाम्रो लागि अनुकूल छ । जो सपना देख्छन् र मेहनत गर्छन् उनीहरुले सोचेजस्तै प्रतिफल पाउने पक्का हुन्छ ।
- सपना त्यो होइन, जुन निदाएको बेला देखिन्छ । सपना त त्यो हो जसले निदाउन दिँदैन ।
- एउटा राम्रो किताब हज्जारौं साथी समान हुन्छ । जबकी एउटा असल साथी पूरै पुस्तकालय बराबर हुन्छ ।
- जीवनमा समस्याहरु हामीलाई बर्बाद गर्नको लागि आउँदैनन् । यिनीहरुले हामीभित्र लुकेर रहेको सामथ्र्यलाई बाहिर निकाल्न हामीलाई मद्दत गर्छन् ।
- समस्यालाई थाहा हुन दिनुुस् कि तपाई समस्याभन्दा पनि बलियो हुनुहुन्छ ।
- देशको सबैभन्दा तीक्ष्ण दिमाग कक्षाकोठाको अन्तिम बेन्चमा भेटिन सक्छ ।
- तपाईंको सपना पूरा हुनका लागि तपाईंले सपना देख्नुपर्ने हुन्छ ।
Nama
Oct. 17, 2018, 12:57 p.m.Good speech.
Rabindra sahani
Oct. 15, 2018, 6 p.m.Really... यो भनाईले मेरो दिललाई छोयो /
पवन पौडेल
Oct. 15, 2018, 3:59 p.m.एकदमै राम्रो !!