जनावरलाई थापेको पासोमा परेर डोटीमा एक घाइते

 असोज २९, २०७५ सोमबार १५:८:५३ | विमल बिष्ट
unn.prixa.net

डोटी – जंगली जनावरलाई थापेको पासोमा परि डोटीको शिखर नगरपालिका वडा नं–३ मुडभारा बस्ने ४५ वर्षका तारी जोरा गम्भीर घाइते हुनुभएकाे छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पासोमा परी गम्भीर घाइते भएका जोरालाई उपचारका लागि भारततर्फ पठाइएको छ । डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले पासो थाप्ने त्यसै ठाउँका कटी जोरा रहेको भन्ने बुझिएकाले थप अनुसन्धानका लागि प्रहरी टोली पठाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अनुसन्धानका लागि प्रहरी टोली पठाएका छांै ,विस्तृत विवरण पासो थाप्नेबाट बुझिने छ ।’ 

पछिल्लो समय डोटीमा जंगली जनावर मार्ने क्रम बढेको स्थानियबासीको भनाई छ । जंगली जनावरलाई मार्नु कानुनविपरित भए पनि लुकीछिपी चोरीशिकार गर्नेहरुको संख्या बढेको बताइएको छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया