सडक दुर्घटनामा चाेभारकी एक महिलाकाे ज्यान गयाे

 असोज २९, २०७५ सोमबार १४:४५:१७ | रासस
unn.prixa.net

काठमाडौं - अाइतबार राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकजनाको  ज्यान गएकाे छ । 

बा १३ च ६४४२ नम्बरको निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुकाे बलामी गाउँनजिक दुर्घटना हुँदा काठमाडौं चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । 

दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलमा रहेकाे केएमसी अस्पतालमा मृत्यु भएको हो । वृत्तका प्रमुख अनिलकुमार विष्टले उक्त दुर्घटनामा घाइते भएका चार जनाको त्यसै अस्पतालमा उपचार भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया