दसैँकाे अष्टमी, नवमी र टिकाकाे दिन प्रहरीले नि:शुल्क बस चलाउने

 असोज २९, २०७५ सोमबार १७:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दसैँको बेला नागरिकलाई आवत जावत गर्न सहज बनाउन भन्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न रुटमा नि:शुल्क बस सञ्चालन गर्ने भएको छ । 

यही बुधबारदेखि शुक्रबार (अष्टमी, नवमी र दशमी)सम्म तीन दिन प्रहरीले नागरिकको सहयोगका लागि बस सेवा सञ्चालन गर्न लागेको हो । 

दसैँका बेला उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून रुपमा चल्ने भएकाले आवागमनमा सुविधा पुर्याउने उद्देश्यले नेपाल प्रहरीले निःशुल्क बस चलाउन थालेको हो । 

बुधबारदेखि शुक्रबारसम्म प्रहरीले उपत्यकाका विभिन्न ३ रुटमा बस सञ्चालन गर्ने प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिनुभयो ।  

हेर्नुहोस् कुन कुन रुटमा चल्छ प्रहरीको बस 

रुट नं. १ – नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र दरबारमार्ग हुँदै पुन नक्साल ।  

रुट नं. २ – नक्सालबाट मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक र बालुवाटारहुँदै पुनः नक्साल 

रुट नं. ३ – नक्सालबाट जय नेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला र रातोपुल हुँदै पुन नक्साल  

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया