बेपत्ता भएको तीन दिनपछि शव भेटियो

 असोज २९, २०७५ सोमबार २०:९:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमही नगरपालिका वडा नम्बर- ३ बनगाउँका २२ वर्षीय बामदेव घिमिरेको तीन दिनपछि सोमबार शव फेला परेको छ ।  

गढवा गाउँपालिका वडा नम्बर-७, भोजपुर गाउँदेखि उत्तर राप्ती नदीमा डुबिरहेको अवस्थामा घिमिरेको शव फेला परेको प्रहरीले जनाएको छ । 

वडा प्रहरी कार्यालयको १० सदस्यीय टोली र सशष्त्र सीमा सुरक्षाबल, अर्जुनको ७ सदस्यीय टाेलीले शव फेला पारेको हो ।लमही नगरपालिका वडा नम्बर-६ मध्यविन्दु मा रहेकाे राप्तीनदीमा शनिबार नुहाउन गएका चार जनामध्ये घिमिरे बेपत्ता भएका थिए ।

उनको खोजीकार्य तीव्र पारिएकोे भए पनि ३ दिनका दिन फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया