प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिका–७ कौवाईमा मंगलबार बिहान मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै ज्यान गएकाे छ भने पछाडि बस्ने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स ८ प ९८०८ नम्बरको मोटरसाइकल कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा अनियन्त्रित भई दुवैजना पुलबाट खोलामा खसेका थिए ।
दुर्घटनामा माेटरसाइकल चालक त्रियुगा नगरपालिका–१३ का ४० वर्षिय दिनेश पौडेलको घटनास्थलमै ज्यान गएकाे हाे । मोटरसाइकलकाे पछाडि बस्ने त्यही ठाउँका ४५ वर्षिय कुलबहादुर थापा घाइते भएका हुन् ।
घाइते थापाकाे अहिले उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।