हनुमानढोकामा गोरखा दरबारबाट फूलपातीसहितको डोली ल्याइँदै

 असोज ३०, २०७५ मंगलबार १२:२०:२८ | किरण लोहनी
unn.prixa.net

गोरखा दरबारबाट हनुमान ढोकाको दशैंघरका लागी फूलपातीसहितको डोली काठमाडौँ ल्याइँदै छ । गोरखा दरबार हेरचाह अड्डाका कर्मचारीहरुले साेमबार राती अमराई जंगलबाट संकलन गरि ल्याएको फुलपाती बिहान गोरखकाली मन्दिरमा बिशेष विधीपुर्वक पुजाआजा गरेर काठमाण्डौ पठाईएको हो ।

गोरखा दरबारदेखी शतिपिपलसम्म बाजागाजा सहित डोलीमा बोकेर ल्याईएको फुलपाती बा २० च ४३९४ नम्वरको गाडीमा राखेर विहान ९ बजे काठमाडौं पठाइएको हो । गोरखकाली मन्दिरका पुजारी लोकप्रसाद भट्टराईले फुलपाती हनुमान ढोकाको दसैंघरमा जिम्मा लगाउनुहुनेछ ।

गोरखाको फुलपाती हनुमान ढोकामा भित्राएपछि दशैं भित्रीने मानिन्छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणका क्रममा काठमाडौं उपत्यका विजयी गरेर हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट काठमाण्डौ फूलपाती लैजाने चलन शुरु भएको गोरखा दरबार हेरचाह अड्डाका निमीत्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिनुभयो ।

सोहि कार्यलाई निरन्तरता दिन वर्षेनी गोरखा दरबारबाट हनुमानढोका फूलपाती लाने चलन छ । गोरखा दरबारबाट धादिङको जिवनपुर हुदै पैदल फुलपाती लैजाने चलन भएपनि आर्थिक बर्ष २०६६/६७ देखी गाडीको माध्यमबाट फूलपाती लैजान थालिएको गोरखा दरबार हेरचाह अड्डाका निमीत्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिनुभयो ।

गोरखा दरबार हेरचाह अड्डडाको संयोजनमा गोरखा पर्यटन विकास केन्द्र, सतिपिपल क्लब ,गोरखा धिमे दबु गोरखा, रोट्रयाक्ट क्लब अफ बज्र मनास्लुको ब्यबस्थापनमा गोरखाबाट काठमाण्डौ फुलपाती पठाईएको हो ।

अन्तिम अपडेट: चैत २६, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया