भारदह मन्दिरलाई पर्यटकीय स्थल बनाउने पर्यटनमन्त्रीको प्रतिवद्धता

 असोज ३०, २०७५ मंगलबार १६:३४:९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारदह मन्दिर अब पर्यटकीय स्थल बन्ने भएको छ ।

वन तथा पर्यटनमन्त्री रामनरेश राय यादवले मन्दिरको उत्तरतर्फ रहेको भारदहलाई एउटा सुन्दर तालको रुपमा परिणत गर्ने घोषणा गर्नुभएको छ ।

बडा दसंैको सप्तमी तिथिको अवसरमा मंगलबार भारदहको कंकालिनी मन्दिरमा दर्शन तथा अवलोकन गर्ने क्रममा मन्त्री यादवले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आउँदो बजेटबाट मन्दिरमा वृहत वृक्षारोपाण समेत गर्ने बताउनुभयो ।

पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठमध्ये भारदहको कंकालिनी मन्दिर पनि एक भएको बताउँदै मन्त्री यादवले यसलाई थप व्यवस्थित गरी पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने बताउनुभयो । 

उहाँसँगै रहनुभएका सामाजिक विकास मन्त्री नवलकिशोर लगायतले मन्दिरको दर्शन तथा पूजापाठ गरेर कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको अवलोनक समेत गर्नुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक ३, २०७५

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया