अन्नपूर्ण संरक्षण क्षेत्रमा जान नेपालीले पनि शुल्क तिर्नुपर्ने, जनप्रतिनिधि असन्तुष्ट

 असोज ३०, २०७५ मंगलबार १७:४२:५ | सुमन गुरुङ
unn.prixa.net

पोखरा – अन्नपूर्ण संरक्षण क्षेत्र जाने पर्यटकसँग लिइने प्रवेश शुल्क बढेको छ । अबदेखि नेपालीले पनि १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि नेपालीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । 

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्कराष्ट्र भित्रका पर्यटकलाई प्रवेश शुल्क २ सयबाट १ हजार रुपैयाँ र सार्कबाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार रुपैयाँ पु¥याएको छ । 

पर्यटन वर्ष मनाउन लागेको बेला यसरी कर र शुल्क बढाएपछि पर्यटकलाई सास्ती हुने पर्यटन व्यवसायीहरु बताउँछन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले आफूहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा बढाइएको शुल्क फिर्ता लिन माग गर्नुभएको छ । उहाँले अन्य गाउँपालिकाका अध्यक्षहरुसँग पनि कुरा भैरहेकोले संयुक्त कार्यक्रम बनाएर अघि बढ्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया