रामेछापमा बस दुर्घटना: १३ वर्षीय बालिकाको ज्यान गयाे, २९ जना घाइते

 असोज ३०, २०७५ मंगलबार १६:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर-२ को भीरपानीमा बस दुर्घटना हुँदा १३ वर्षीय बालिकको ज्यान गएको छ । 

दुर्घटनामा २९ जना घाइते भएका छन् ।

बा ३ ख ४६ ७५ नम्बरको बसले अर्को गाडीलाई साइड दिने क्रममा बस दुर्घटना भएको हो । काठमाडौंबाट रामेछापको गाल्बाका लागि छुटेको बस सडकबाट झण्डै ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको सामदायिक अस्पताल सिन्धुलीमा उपचार भइरेहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया