इंग्लिस क्लब म्यान्चेष्टर सिटीका कप्तान भिनसेन्टका बुवा बने बेल्जियमको पहिलो अश्वेत मेयर

 असोज ३१, २०७५ बुधबार ७:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब म्यान्चेष्टर सिटीका पूर्व कप्तान भिनसेन्ट कम्पनीको बुवा मेयरमा निर्वाचित भएका छन् । 

बेल्जियमकाे इतिहासमा पहिलो निर्वाचित ‘कालो’ मेयर भएकोमा कम्पनीले भिडियो सन्देशमार्फत आफ्ना बुवालाई बधाई दिएका छन् ।

७१ वर्षे पिएरे कम्पनी सन् १९७५ मा कंगोबाट शरणार्थीका रुपमा बेल्जियम आएका थिए । राजधानी ब्रुसेल्सको उत्तर–पश्चिममा अवस्थित ग्यानसोरेन नगरपालिकामा कम्पनीले २८.३८ प्रतिशत मत प्राप्त गर्दै विजयी भएका हुन् ।

जितपछि कम्पनीले भने, ‘उनी ब्रुसेल्सको पहिलो अश्वेत मेयर हुन् । यो ऐतिहासिक क्षण हो । हामी सबै खुसी छौं । बधाई छ मेरो बुवा ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया