सुदूरपश्चिमका प्रमुख शक्तिपीठहरुमा बली दिइँदै

 असोज ३१, २०७५ बुधबार ९:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

डाेटी - महाअष्ठमीको दिन बुधबार डोटी लगायत सुदूरपश्चिमका शक्तिपीठहरुमा बिहानैदेखी पुजाअाजसहित पशुबली दिईन थालिएको छ ।

बैतडीको त्रिपुरा सुन्दरी भगवती, डडेल्धुराको अग्रतारा भगवती, डोटीको शैलैस्वरी स्थित कालिका भगवती तथा डोटीकै प्रशिद्ध तिखा गाउमा रहेको कालढुंगा भगवतीको मन्दिरमा बिहानैदेखी बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ भईरहेको छ ।

यहाँका शक्तिपीठहरुमा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ ।

किसानले फलामे औजारको पूजा गर्छन् । त्यस्तै सवारीधनीहरुले आजकै दिन यहाँका शक्तिपिठहरुमा आफ्ना सवारी साधनलाई बलिसहित पूजा गर्ने गरेको सिलगढीका स्थानिय गणेश बोहराले बताउनु भयो ।

डोटीको प्रशिद्ध मन्दिर शैलेस्वरी तथा कालीकाको मन्दिर तथा दिपायलको भगवती मन्दिरमा बिहानैदेखी भक्तजनहरुको घुईचो लागेको छ । पशुबली नचढाउनेहरुले मूला, कुभिन्डो, काक्रो, घिरौंलालगायत तरकारीको बली दिने गर्छन् । त्यस्तै यहाँका कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया