चितवनको कुरिनटारमा ट्याङकर र भ्यान जुध्याे: २ जनाको ज्यान गयाे, ७ घाइते

 असोज ३१, २०७५ बुधबार १४:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनको कुरिनटारमा गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

चितवनबाट धादिङका लागि छुटेको बा १ घ ५६५ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको ग २ च १७ ५१ नम्बरको भ्यानलाई मनकामना केवलकारको गेटनजिकै ठक्कर दिंदा ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेको भरतपुरमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया