पाकिस्तानमा बालिका बलात्कार र हत्या गर्ने एकजनालाई मृत्युदण्ड सुनाइयाे

 असोज ३१, २०७५ बुधबार १५:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानमा बालिका बलात्कार र हत्या गर्ने एकजनालाई मृत्युदण्ड हुने भएको छ ।

६ वर्षीया जैनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका २४ वर्षीय इमरान अलीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । बालिकाको बलात्कार र हत्यामा आफु संलग्न रहेकाे स्वीकार गरेपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालिका हत्याका अन्य घटनामा पनि अलीकै संलग्नता रहेको पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बताएका छन् । जैनबको घर नजिकै बस्ने अलीलाई प्रहरीले डीएनए प्रमाणको आधारमा पक्राउ गरेको थियो ।

जैनबको शव गएको महिना कसुर नगरको फोहोर फ्याँक्ने ठाउँमा भेटिएपछि पाकिस्तानमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शनहरु भएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया