स्थानीयले दिए गाउँपालिकालाई नि:शुल्क जग्गा

 असोज ३१, २०७५ बुधबार १६:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको बराहपोखरी गाउँपालिकालाई १२ स्थानीयले नि:शुल्क जग्गा दिएका छन् । 

गाउँपालिकाको भवन लगायतका आवश्यक भौतिक संरचना निर्माणका लागि स्थानीयले जग्गा निशुल्क दिएका हुन् । बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा रहेको बाघखोर भञ्ज्याङ केन्द्र तोकिएको गाउँपालिकाका लागि आवश्यक जग्गा प्राप्त भएको वडाध्यक्ष भुवलराज राईले बताउनुभयो । 

गाउँपालिकाका लागि स्थानीय रुद्रबहादुर मगरले ८ रोपनी, टंक मगरले ६ रोपनी, पबित्रा निरौलाले ५ रोपनी, भीमबहादुर श्रेष्ठले ३ रोपनी ८ आना, टिकाप्रसाद आचार्यले ३ रोपनी, देबेन्द्र नारायण श्रेष्ठले २ रोपनी ९ आना जग्गा दिनुभएको छ । यस्तै, कर्णबहादुर श्रेष्ठले २ रोपनी ८ आना, लालबहादुर मगरले २ रोपनी ८ आना, टंकनारायण श्रेष्ठले २ रोपनी ७ आना, दिल्लीबहादुर बिकले १ रोपनी, अबिरमान बिकले १० आना र नरबहादुर बिकले ८ आना जग्गा निशुल्क प्रदान गर्नुभएको वडाध्यक्ष राईले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया