चितवन दुर्घटना अपडेट: मर्नेकाे स‌ंख्या ३ पुग्याे, २ जनाकाे परिचय खुल्याे

 असोज ३१, २०७५ बुधबार १६:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनको कुरिनटारमा भएकाे गाडी दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ३ पुगेको छ ।

ज्यान जानेमा धादिङ कल्लेरीका २५ वर्षका चन्द्रबहादुर नेपाली र धादिङ बेनीघाट ५ का भुवन श्रेष्ठको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका बालकको भने परिचय खुलेको छैन । पोखराबाट धादिङका लागि छुटेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई बा १ झ ५६५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घट्ना भएको हो । घाइतेहरुको गजुरी, भरतपर मनकामना लगायत ठाउँमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया