अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियाले कोस्टारिकालार्इ हरायाे

 असोज ३१, २०७५ बुधबार १७:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कोस्टारिकाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बिया विजयी भएको छ ।

हुवान क्यामिलो हर्नाण्डेजले दुई गोल गरेपछि कोलम्बियाले कोस्टारिकामाथि ३–१ को जित दर्ता गर्‍यो । ३०औं मिनेटमा कार्लोस बाक्काले गोल गरेपछि कोलम्बियाले अग्रता लिएको थियो । बाक्कालाई गोल गर्नका लागि हामेस रोद्रिगेजले पास दिएका थिए ।

४४औं मिनेटमा केन्डल वाट्सनले कोस्टारिकाका लागि गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

७२औं मिनेटमा हर्नाण्डेजले गोल गर्दै कोलम्बियालाई फेरी अग्रता दिलाए । दोस्रो हाफको इन्ज्युरी समयमा हर्नाण्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै कोस्टारिकालाई ३–१ को जित दिलाए ।

अमेरिका र पेरु बी को मैत्रीपूर्ण खेल भने १–१ गोलको बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बनेको खेलको ४९औं मिनेटमा जोसुवा सर्जेन्टले अमेरिकालाई अग्रता दिलाएका थिए । ८६औं मिनेटमा एडिसन फ्लोरेजले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया