महाअष्टमीका अवसरमा राष्ट्रपतिद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना

 असोज ३१, २०७५ बुधबार १८:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीका विभिन्न शक्तिपीठ पुगी पुजाआजा गर्नुभएको छ ।

बडादसैंको आठौं दिन बुधबार महाअष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पूजाआजा गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, महाकाल, संकटा, नरदेवी, शोभाभगवती, इन्द्रायणी मन्दिर पुगी नवदुर्गा भवानीको पूजाआजा गर्नुभएको हो । राष्ट्रपतिसँगै उहाँकी छोरी पनि नवदुर्गा भवानीको पुजामा सरिक हुनुभएको थियो ।

हरेक वर्ष बडादसैंको महाअष्टमीका दिन राष्ट्र प्रमुखबाट काठमाडाैंमा रहेका नवदुर्गा भवानीका शक्तिपीठको पूजाअाजा हुँदै आएको छ ।

 

तस्बिर साैजन्य: रासस

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया