पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गरे विभिन्न शक्तिपीठहरुको दर्शन

 असोज ३१, २०७५ बुधबार १८:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडाैंमा रहेका  नवदुर्गा भवानीका विभिन्न शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । 

हरेक वर्षजस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष पनि नक्साल भगवती, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली लगायतका नवदुर्गा भवानीको शक्तिपीठ पुगी दर्शन एवं पूजाआजा गर्नुभएको हो ।

पूर्वराजा शाह दर्शनका लागि मन्दिर पुग्दा उहाँका समर्थकले जय जयकार गरेका थिए । नेपालमा गणतन्त्र आउनुअघि राष्ट्रप्रमुखका रुपमा देवीको दर्शन गर्ने गरेका पूर्वराजा शाह त्यसयता सर्वसाधरणको रुपमा नवदुर्गा भवानीको शक्तिपीठ पुगी पुजा आजामा सरिक हुँदै आउनुभएकाे छ। 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Kaji

    Oct. 17, 2018, 11:20 p.m.

    King is King

  •  0 Reply

तपाईको प्रतिक्रिया