चितवन दुर्घटना अपडेट: तीनै जना मृतककाे परिचय खुल्याे, तीनै जना धादिङका

 असोज ३१, २०७५ बुधबार १९:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनको कुरिनटारमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउने तीनैजनाको परिचय खुलेकाे छ । दुर्घटनामा  ज्यान गुमाउनेमा धादिङ कल्लेरीका २५ वर्षका चन्द्रबहादुर नेपाली, धादिङ बेनीघाट ५ का भुवन श्रेष्ठ र धादिङकै गल्छीका ७ वर्षका रोसन गैरे रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट धादिङका लागि छुटेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई बा १ झ ५६५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घट्ना भएको हो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया