पाल्पामा स्क्रब टाइफसका बिरामीकाे संख्या बढ्दाे

 असोज ३१, २०७५ बुधबार १९:४१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा - पाल्पामा स्क्रब टाइफसका बिरामी बढिरहेको चिकित्सकहरुले बताएका छन् ।

स्क्रब टाइफसका कारण तीन महिनामा चारजनाको ज्यान गएको छ भने ८ सयभन्दा धेरैमा यसको संक्रमण भएकाे तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालका अनुसार गएका तीन महिनामा ८ सयभन्दा धेरै बिरामीमा स्क्रब टाईफसका जीवाणु भेटिएको छ । पाल्पाको बगनासकाली गाउँपालिका तिनाउ, माथागढी, निस्दी, पूर्वखोला, रैनादेवी छहरा, रम्भा गाँउपालिका र रामपुर नगरपालीकामा स्क्रब टाइफसकासङ्क्रमित बढी देखिएका छन् ।

गुल्मी, स्याङजा, रुपन्देही र कपिलवस्तुका बिभिन्न ठाउँमा समेत स्क्रब टाइफसको प्रकोप फैलिएको स्वास्थ्यकर्मीले जनाएका छन् । टाइफसका संक्रमितहरुमा धेरै ज्वरो आउने, वान्ता हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने, श्वास फेर्न गाह्रो हुने, मन डराउने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया