गाडी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

 जेठ २५, २०७५ शुक्रबार ८:४९:१५ | भवानीप्रसाद पाण्डे

रुपन्देही –  बुटवलमा भएको गाडी दुर्घटनामा प्रहरी नायब निरीक्षक पोमनारायण खनालको ज्यान गएको छ ।

क्षत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक ४६ वर्षीय पोमनारायण खनालको विहीबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 

रुपन्देहीको तिलोत्तमा योगिकुटी नजिकै घर भएका खनालले चलाएको बा १६ च २९४८ नम्बरको स्कारपीयो गाडी  बुटवल धागो कारखाना नजिकै लु १ ख ७४०१ नम्बरको बसमा ठोक्किएपछि दुर्घटना भएकाे थियाे।

दुर्घटनामा गम्भीर घाइते भएका खनाललाई उपचारका हेलिकप्टरमार्फत काठमाडाैं लगिएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया