लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ

 कात्तिक १, २०७५ बिहिबार ७:४०:५८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - अवैध लागुऔषधसहित बुधबार रुपन्देहीमा श्रीमान श्रीमती पक्राउ परेका छन् ।

भारतबाट अबैध लागुऔषध नेपाल भित्र्याएको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-२, का २५ वर्षीय ओमप्रकास हरिजन र उनकी श्रीमती २४ वर्षीया गोडिया हरिजन पक्राउ परेको प्रहरीले बताएको छ ।

सीमावर्ति क्षेत्र मेउडिहवाबाट पक्राउ परेका उनीहरुबाट प्रहरीले डाइजेपाम , फेनारगन र नुफीन बरामद गरेको छ । मोटरसाइकलको पछाडि बसेकी गोडियाले आफनो ब्यागमा लुकाएर ल्याएको अवस्थामा त्यति परिमाणको लागुऔषध बरामद भएको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया