क्रिमियाकाे कलेजमा अन्धाधुन्ध गोली प्रहार हुँदा ज्यान गुमाउनेको स‌ंख्या १९ पुग्याे

 कात्तिक १, २०७५ बिहिबार १२:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर साैजन्य: एजेन्सी

क्रिमियाको एउटा क्याम्पसमा अन्धाधुन्ध गोली प्रहार हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ भने केही घाइते भएका छन् ।

क्रिमियाको केर्च पाेलिटेक्निक क्याम्पसमा अध्ययनरत १८ वर्षीय भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अधिकारीहरुले जनाएका छन् ।

घटनास्थलमा एउटा विस्फोट पनि भएको प्रत्यक्षदर्शीले जनाएका छन् । क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहारसम्बन्धी घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएका छन् ।  

अन्तिम अपडेट: कात्तिक २७, २०७५

तपाईको प्रतिक्रिया