प्रदेश पाँचले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने

 जेठ २५, २०७५ शुक्रबार ९:२५:४६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

 रुपन्देही – प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । 

दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यसूची रहेको छ । 

मन्त्री परिषदको विहीबारको बैठकले शुक्रबार पेश हुने नीति तथा कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति तथा कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको हो । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई अद्यावधिक गरी नयाँ र विशेष कार्यक्रम समेटिने बताइएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया