अाज टीकाको विशेष साइत बिहान ९ बजेर ५१ मिनेटमा

 कात्तिक २, २०७५ शुक्रबार ६:२९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले अाज बडादसैंकाे दिन देवी बिसर्जनको साइत ९ बजेर ३९ मिनेटमा र टीकाकाे विशेष साइत बिहान ९ बजेर ५१ मिनेटलार्इ ताेकेकाे छ ।

दसैं तिहार लगायत अन्य चाडपर्व र तिथिमिति नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्णय गर्ने गर्दछ ।

यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत थियाे । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उहाँले बताउनुभयो ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको थियाे । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याउने साइत थियाे । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइने साइत तय भएकाे थियाे । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राख्ने साइत जुरेकाे थियाे  ।

यस वर्ष असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैंको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी बिसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।

अाज बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइने साइत छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिनेछ ।

कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइने छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैं समापन हुनेछ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया