प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
पाल्पा - युवती बलात्कारको आरोपमा पाल्पामा एक युवक पक्राउ परेका छन् ।
तिनाउँ गाउँपालिका २ की १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २० वर्षीय किरण गाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे ।
बिहीबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएको बेला गाहाले किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाइ पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बलात्कारमा परेकी किशोरी चिच्याएर गुहार मागेपछि स्थानीयको सहयोगमा प्रहरीले गाहालाई पक्राउ गरेको प्रहरी चौकी दोभानका प्रमुख, प्रहरी नायब निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिनुभयो ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।