मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

 कात्तिक २, २०७५ शुक्रबार २०:४३:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर-२ बराखुटिमा रा १ प ७०१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राप्ति गाउँपालिका वडा नम्बर-४ का ३३ वर्षीय शैलेन्द्रकुमार चौधरीको मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारको लागि लमहीमा रहेकाे फलोरेन्स अस्पतालमा उपचारको लागि पुर्‍याउँदा मृत्यु भैसकेको अस्पताल स्रोतले जनाएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया