रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

 जेठ २५, २०७५ शुक्रबार १०:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र विक्रिदर २९ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १६ पैसा र विक्रिदर २९ रुपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९३ पैसा र विक्रिदर २७ रुपैयाँ ०८ रहेको छ । 

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ५८ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ५६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ ५२ पैसा र विक्रिदर २ सय ८५ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया