टाेखामा अाज परम्परागत खड्ग जात्रा मनार्इंदै

 कात्तिक ३, २०७५ शनिबार १०:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - काठमाडौंकाे उत्तरी भेगमा रहेको सांस्कृतिक संरक्षित क्षेत्र टोखामा आज खड्ग जात्रा भैरहेको छ ।

साक्षात् देवी कुमारी र गणेशसहितको उपस्थितिमा भैरहेको जात्रा ऐतिहासिक तथा  सांस्कृतिक केन्द्र तलेजु मन्दिरबाट भर्खरै शुरु गरिएको हो । टोखाका सांस्कृतिक मूल नाइके हेमराज श्रेष्ठका अनुसार तलेजुमा आचाजु कर्माचार्यद्वारा विशेष मन्त्रोच्चारण र पूजापछि शुरु गरिएको जात्रा टोखाबासीले हर्षोल्लासपूर्वक मनाइरहेका छन् ।

टोखाली जनजीवनका विभिन्न थरको प्रतिनिधित्व गर्दै १३ ज्येष्ठ नागरिकहरुको उपस्थितिमा खड्ग जात्रा गरिने परम्परा रहँँदै आएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया