अागलागीमा परि एक जना घाइते, रुकुममा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइयाे

 कात्तिक ३, २०७५ शनिबार ११:४:३२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम - रुकुम पूर्वमा ज्ञानु बुढाको घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।

सिस्ने गाउँपालिका–५ रुमालबारामा बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा उहाँकी श्रीमती ३६ वर्षकी मोतीकला घाइते भएको प्रहरीले जनाएको छ ।

मोतीकलाको जिल्ला अस्पताल रुकुममा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको छ । आगलागबाट ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जल्दा २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

राति साढे ११ बजेतिर मासु पकाउने क्रममा कराइको तेल बलेर लागेको आगो झण्डै साढे ३ घण्टापछि राति २ बजे निभाइएको थियो । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया