श्रीमानले गरे श्रीमतीको हत्या

 जेठ २५, २०७५ शुक्रबार १०:४६:४७ | उज्यालो सहकर्मी

भक्तपुर – बञ्चरोले हानेर श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।

विहिबार राति चाँगुनारायण नगरपालिका –७ खरिपाटी वागेश्वरीमा भोजपुर चरनदीका उमेश माझीले आफ्नै श्रीमती २८ वर्षीया सलेना माझीको टाउकोमा बञ्चरोले हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार स्थानीय राममाया कार्कीको घरमा डेरामा बस्दै आएका माझीले श्रीमतीसँगको झगडामा टाउकोमा बञ्चरोले हानेका हुन् ।

बञ्चरो प्रहारबाट घाइते भएकी सलेनाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो ।  फरार माझीको खोजी कार्य भैरहेको प्रहारीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०७६

तपाईको प्रतिक्रिया