अमृतसर : १५ सेकेन्डमा ६० भन्दा बढी मान्छे चिर्दै निस्कियो रेल

 कात्तिक ३, २०७५ शनिबार १३:५२:५७ | एजेन्सी
unn.prixa.net

भारतको अमृतसर सहरमा रेल दुर्घटना हुँदा ६० जना भन्दा बढीको ज्यान गएको छ । दुर्घटनामा १५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

हिन्दु धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न लिग नजिकै भेला भएका मानिसलाई रेलले किचेको हो । स्थानीय समय अनुसार शुक्रबार बेलुकी साढे ६ बजेतिर रेलको ट्र्याकमा बसेका मानिसलाई तीव्र गतिमा आएको रेलले किचेको थियो ।

दुर्घटनाका बेला साँझ परिसकेको र सो रेल लिक केही घुमाउरो समेत भएका कारण ड्राइभरले लिकमा बसेका भीडलाई देख्न नसकेको बताइएको छ । जालन्धरबाट अमृतसागर गइरहेको रेल तीव्र गतिमा थियो । 
 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया